१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका– ७ खाँचीकोट बस्ने ४२ वर्षीय केशवराज ज्ञवालीलाई २०८२ साउन ११ गते गिरफ्तार गरेको छ ।
बालिकालाई आरोपितले साउन ११ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
बालिकाको स्वास्थ्य परीक्षण साउन ११ गते अर्घाखाँची अस्पताल सन्धिखर्कमा गरिएको छ ।