INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

२० वर्षीया डोल्मा माया वाईवाको हत्या गरेको आरोपमा सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका–७ घर भइ गोदावरी नगरपालिका–१३ झरुवाराशी, गँगटे खोला बस्ने पति ३० वर्षीय मदनबहादुर स्याङ्तानलाई प्रहरीले ०८२ साउन १० गते गिरफ्तार गरेको छ ।

पीडितलाई ०८२ साउन १० गते धारिलो हतियार प्रहार गरी निवासमै हत्या गरेको भन्दै पीडितकाका बाबु गोपिलाल वाइबाले आरोपित स्याङ्तानविरुद्ध साउन ११ गते प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको जिल्ला प्रहरी परिसरका ललितपुरका एसपी चक्रराज जोशीले बताउनु भयो ।

शवको  पोष्टमार्टम गरिएको पाटन अस्पतालमा ०८२ साउन ११ गते गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यले जानकारी दिनुभयो ।

आरोपितविरुद्ध ललितपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो