INSEC Online

📅 २०८३ जेष्ठ २१

माओवादी कार्यकर्ताबीच कुटपिट, दुई जना घाइते

नेकपा माओवादी कार्यकर्ताबीच ०८२ साउन ११ गते साँझ महेन्द्रनगरस्थित पार्टी कार्यालयमा कुटपिट हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा नेकपा माआवादी भीमदत्त नगर कमिटिका सदस्य भुवन बिष्ट र अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश इन्चार्ज रामचन्द्र भट्ट छन् ।

विष्टको कुटपिटबाट भट्ट गम्भीर घाइते हुनुभएको र विष्ट पनि समान्य घाइते हुनुभएकोले भट्टको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लगिएको र विष्टको जिल्ला अस्पताल, कञ्चनपुरमा उपचार भइरहेको डिएसपी सागर बोहराले बताउनु भयो ।

हालसम्म कुनै पक्षबाट पनि जाहेरी नआएको भए पनि कुटपिटबाट घाइते भएका दुबै जनालाई प्रहरीको निगरानीमा उपचार भइरहेको समेत डिएसपी बोहराको भनाइ छ ।

अखिल क्रान्तिकारीको छलफल भइरहेको समयमा पूर्व रिसिइबी पोखेर विष्टले भट्टलाई कुटपिट गरी गम्भिर घाइते बनाएकोले पार्टीको साधारण सदस्य समेत नरहने गरी विष्टलाई कारबाही गरिएको नेकपा माओवादीले विज्ञप्ति मार्फत जनाएको छ ।

अन्य

भिडियो