INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरु गिरफ्तार

१८ वर्षीया युवतीलाई विभिन्न प्रलोभन देखाएर मानव बेचविखन तथा ओसार पसार गरेको आरोपमा प्रहरीले बुद्धभुमी नगरपालिका– १ का ४५ वर्षीय जुठे थारु, अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका– १० घरभई बुद्धभुमी नगरपालिका– २ बस्ने २४ वर्षीय बाबुराम विक, सोही ठाउँका १९ वर्षीय विष्णु विक, सोही ठाउँकै ६३ वर्षीय हरिप्रसाद गिरी र सोही ठाउँकै १८ वर्षीय हिमाल विकलाई ०८२ साउन १० गते बुद्धभुमीबाट गिरफ्तार गरेको छ ।

आरोपितहरुले पीडित युवर्तीलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर साउन ९ गते भारत लैजादै गर्दा गस्तीमा रहेको प्रहरीले उद्दार गरेको थियो । आरोपितहरुविरुद्ध पीडितले मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसुरमा साउन १० गते इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा दिएकी छन् ।

पीडितको स्वास्थ्य परीक्षण साउन ९ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।

अन्य

भिडियो