INSEC Online

📅 २०८३ जेष्ठ २१

बर्दियामा पाँच महिनादेखि रेबिजविरुद्धको भ्याक्सिन अभाव

बर्दियामा रेबिजको विरुद्धको भ्याक्सिन अभाव भएसँगै बिरामीले सास्ती भोग्नु परेको छ । बर्दिया अस्पताल गुलरियामा कुकुर र बिरालोले टोकेर रेबिज विरुद्धको खोप लगाउन आउने बिरामीले खोप नपाएपछि सास्ती खेप्नु परेको हो ।

लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले पठाएको रेबिज विरुद्धको भ्याक्सिन बर्दिया अस्पताल गुलरियामा ०८१ चैत १९ गते, राजापुर प्राथमिक स्वास्थ्य केन्द्र, राजापुरमा ०८१ फागुन २९ गतेदेखि रेबिज विरुद्धको भ्याक्सिन अभाव भएको छ । ठाकुरबाबा नगरपालिकामा चैत्र १४ गते सकिएको थियो । तर ठाकुरबाबा नगरपालिकाले आन्तरिक बजेटबाट रेबिज भ्याक्सिनको खरिद गरी भ्याक्सिनको अभाव हुन दिएको छैन भने अन्य ठाउँमा भ्याक्सिनको अभाव हुदै आएको छ ।

चालु आर्थिक वर्ष ०८१/०८२ को चैतसम्ममा ९ सय ५४ जनाले, आर्थिक वर्ष ०८०/८१ मा १ हजार २ सय ८ जनाले, आर्थिक वर्ष ०७९÷८० मा १ हजार ४ सय २३ जनाले खोप लगाएको तथ्याङ्क बर्दिया अस्पताल गुलरियाको छ । अस्पतालमा कुकुरले टोकेर रेबिज विरुद्धको भ्याक्सिन लगाउन आउनेको सङ्ख्या बढ्दै गए पनि बिरामीहरूले भ्याक्सिन नपाएर फर्किनु पर्ने बाध्यता रहेको बर्दिया अस्पताल, गुलरियाका मेडिकल रेकर्डर केशव न्यौपानेले बताउनु भयो ।

अन्य

भिडियो