INSEC Online

📅 २०८३ जेष्ठ २१

३१औँ “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई

इन्सेकका संस्थापक महासचिव अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको “प्रकाश मानव अधिकार पुरस्कार” यस वर्ष चुरे तथा वन-जंगल संरक्षण अभियानका संयोजक सुनिलकुमार यादवलाई प्रदान गरिने निर्णय इन्सेकले गरेको छ ।

photo 20250727 Katmandanu Prakash pusraskar
आगामी साउन १६ गते पुरस्कृत हुनुहुने चुरे तथा वन-जंगल संरक्षण अभियान संयोजक यादव

पुरस्कारका लागि सार्वजनिकरूपमा आह्वान गरिएअनुसार प्राप्त ४० जनाको नाममध्येबाट वातावरण अधिकारका क्षेत्रमा सम्झौतारहित सङ्घर्ष गर्दै आउनु भएका यादवलाई छनोट गरिएको इन्सेकका अध्यक्ष डाकुन्दन अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित प्रकाश मानव अधिकार पुरस्कार छनोट समितिले सो निर्णय गरेको हो । समितिमा राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य डासूर्यप्रसाद ढुंगेल र अधिकारकर्मी गंगा कसजु सदस्य हुनुहुन्थ्यो ।

बारा जिल्लाको सिम्रौनगढ नगरपालिका-२ मौवाही निवासी यादव २०७४ सालदेखि चुरे संरक्षण र वातावरणीय अधिकारका विषयमा निरन्तर सक्रिय रहँदै आउनु भएको छ। चुरे क्षेत्रको दोहनका कारण मधेस प्रदेशमा देखा परिरहेका जलवायु तथा वातावरणीय असरबारे सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउन उहाँले विभिन्न सचेतनामूलक कार्यक्रमअभियान र पैरवी गर्दै आउनुभएको छ।

आगामी साउन १६ गते काठमाडौँमा आयोजना हुने ३३ औँ प्रकाश स्मृति दिवसको अवसरमा पुरस्कृत व्यक्तित्व यादवलाई नगद ५० हजार  सम्मानपत्र र इन्सेकको प्रतीक चिन्ह प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

अन्य

भिडियो