INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

साकेला गाउँपालिका-५ मात्तिमबिर्ताका ६९ वर्षीय ज्येष्ठ नागरिक राजकुमार राईको हत्या गरेको आरोपमा प्रहरीले ३१ वर्षीय भतिज न्यूसन राईलाई साउन ११ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपितले ६९ वर्षीय काकालाई ०८२ साउन १० गते निर्घात कुटपिट गरी हत्या गरेको इलाका प्रहरी कार्यालय, प्रहरी हवल्दार देवराज खड्काले बताउनु भयो ।

भजितको कुटाइबाट थलिएका ६९ वर्षीय ज्येष्ठ नागरिक राजकुमार राईको उपचारका क्रममा जिल्ला अस्पतालमा साउन ११ गते विहान ३ बजे मृत्यु भएको थियो ।

शव पोष्टमार्टमको पोष्टमार्टम जिल्ला अस्पतालमा साउन ११ गते गर्ने तयारी गरिएको छ ।

अन्य

भिडियो