दोरम्बा गाउँपालिका-१ डडुवा निवासी साविकको डडुवा गाविस-२ का वडा अध्यक्ष ४८ वर्षीय बाबुराम तामाङको पुस ९ गते राति दोरम्बा गाउँपालिका डडुवामा हत्या भएको छ ।
दोरम्बा गाउँपालिका-१ डडुवा थापागाउँमा पुस १० गते बिहान तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
उनको शव ढुङ्गाले थिचेर बाँस घारीमा फालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजेन्द्र थापाले जानकारी दिए ।
हत्या कसले गर्यो भन्ने खुलेको छैन । तामाङ २०५४ सालमा नेकपा एमालेबाट डडुवा गाविस-२ नम्बर वडाको वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
घटनास्थलमा पुस १० गते दिउँसो इन्स्पेक्टर राजेन्द्र थापाको नेतृत्वमा प्रहरी टोली पुगि आवश्यक अनुसन्धान सुरू गरेको छ ।