विषाक्त च्याउ खादा रुकुमपूर्वको भूमे गाउँपालिका–५ का तीन वर्षीय योजन बिक र ६ वर्षीया भाग्यरेखा बिकको मृत्यु भएको छ ।
०८२ साउन २ गते जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएर बिरामी भएका योजन विकको साउन ६ गते जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको थियो भने गम्भीर बिरामी परेकी उनकै दिदी भाग्यरेखा बिकको साउन ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानकी सूचना अधिकारी रमिता गौतमले जानकारी दिनुभयो । च्याउ खाएर एकै घरका चार जना गम्भीर बिरामी भएका थिए ।
ढिलोगरी अस्पताल आएका उनीहरुमध्ये मृतक बच्चाका आमा ३५ वर्षीया रामकुमारी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । उहाँको अवस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ भने उहाँकी अर्की छोरी ९ वर्षीया आयुषा बिकको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको उनका मामा बिरस सुनारले जानकारी दिनुभयो ।