१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बाह्रविसे नगरपालिका— ३ का २८ वर्षीय निरञ्जन लामालाई ११ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायधीश भगवती शर्मा ढुङ्गानाको ०८२ साउन ५ गते बसेको इजलाशले लामालाई ११ वर्ष कैद सजाय र पाँच लाख जरिवानाको फैसला गरेको हो ।
पीडित बालिकालाई ०८० चैत १९ गते बलात्कार गरेको भन्दै लामाविरुद्ध ०८१ वैशाख २७ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दर्ता भएको थियो ।
घटनाका आरोपितलाई जिल्ला अदालतको आदेशले ०८१ जेठ २१ गते देखि पुर्पक्षका लागि थुनामा पठाएको थियो ।