१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले देवदह नगरपालिका –६ का ३४ वर्षीय भिमबहादुर सुनारलाई ६ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश अशोक कुमार बस्नेतको ०८२ असार २९ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै ६ महिना कैद, १० हजार रुपियाँ जरिबाना, ४० हजार रुपियाँ क्षतिपूर्ति बापत पीडितलाई भराइ दिने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।
आरोपितले पीडितलाई ०८१ माघ १८ गते यौन दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले माघ २० गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण माघ १९ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएकोे छ । प्रहरीले आरोपितलाई माघ १९ गते घरबाटै गिरफ्तार गरेको थियो ।