INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचविखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया, २२ वर्षीया र २४ वर्षीया तीन जना महिलाहरुलाई कुवेत पठाउने प्रलोभन देखाएर भारत लैजान लागेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–११ न्यु दुर्गानगरकी ४६ वर्षीया विष्णु माया शर्मा परियारलाई ०८२ असार ३० गते घरबाटै गिरफ्तार गरेको छ ।

आरोपितले महिलाहरुलाई ०७४ वैैशाख ७ गते राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजादै गर्दा उद्दार गरी आरोपितविरुद्ध पीडितहरुले ०७४ बैशाख ७ गत जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएका थिए ।

घटनापछि आरोपित फरार रहेकोको प्रहरीले खोजतलास गर्ने क्रममा बुटवल उपमहानपा– ११ मा लुकीछिपी बसिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले गिरफ्तार गरेको थियो ।

पीडितहरूको स्वास्थ्य परीक्षण ०७४ वैशाख ७ गते नै भिम अस्पताल भैरहवामा गरिएको थियो ।

अन्य

भिडियो