INSEC Online

📅 २०८३ जेष्ठ २१

सङ्क्रमणकालीन न्याय प्रक्रियाको निरन्तर खबरदारी आवश्यक: अध्यक्ष डा. अर्याल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डा. कुन्दन अर्यालले संक्रमणकालीन न्याय प्रक्रियाको निरन्तर खबरदारी आवश्यक रहेको बताउनु भएको छ ।

DSC_0370

इन्सेकले ०८२ असार ३० गते धुलिखेलमा आयोजना गरेको वार्षिक समीक्षा बैठकमा मन्तव्य राख्दै उहाँले भन्नु भयाे आयोगले गर्ने गतिविधिको सूक्ष्म ढंगले निगरानी गर्ने र संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन हामी पीडितसँगसँगै छौं ’। अध्यक्ष अर्यालले भन्नु भयो आयोगको मुख्य उद्देश्य भनेकै पीडितलाई न्याय दिनु पर्ने हुन्छ। यस प्रक्रियाको अनुगमनका लागि इन्सेकले केन्द्रीय प्रदेश तथा स्थानीय स्तरमा निगरानी समितिहरु गठन गरी कार्य प्रारम्भ गरेको छ । इन्सेकमा सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटनाहरुको अभिलेख रहेको र ती अभिलेखहरु आवश्यकता अनुसार प्रयाेग गर्न तथा साझेदारी गर्न इन्सेक सधैँ तयार रहेकाे उहाँले बताउनु भयाे।

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेक अभिलेखीकरणसँगै रिसोर्स सेन्टरका रुपमा अगाडि बढिरहेको बताउनु भयो ।

DSC_0372

बैठकमा परियोजनाहरुको समीक्षा, अवसर र चुनौतीका बारेमा प्रस्तुतिहरु गरिएको थियो । दुई दिनसम्म सञ्चालन हुने बैठकमा केन्द्रीय र प्रदेश कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको छ ।

DSC_0337

DSC_0393

DSC_0330

DSC_0353

DSC_0354

DSC_0357

DSC_0360

 

DSC_0509

अन्य

भिडियो