INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया लालबेबी खातुनको हत्या गरेको आरोपमा भारतको पश्चिम चम्पारण थाना शिकापुर बरौला (९ घर भई पर्सा जिल्ला जागरनाथ गाउँपालिका (४ बस्ने पति ४१ वर्षीय लालबाबु मिया, सासू ५५ वर्षीय नुरकलिमा खातुन, ससुरा ५८ वर्षीय इसराफिल मिया मन्सुरिले हत्या गरेको आरोपमा प्रहरीले पति र सासूलाई असार ७ गते गिरफ्तार गरेको छ। अर्का आरोपित ससुरा फरार रहेका छन्।

आरोपितहरुले दाइजो कम ल्याएको र पटकपटक माइतिबाट दाइजो ल्याउनु भन्दै कुटपिट गरी हत्या गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय पर्सामा असार ७ गते उजुरी दिएका थिए ।

शवको पोस्टमार्टम नारायणी अस्पताल गरी आफन्तले बुझी सद्गत गरे ।

अन्य

भिडियो