१६ वर्षीया बालिकालाई काम लगाइदिने प्रलोभन देखाएर भारत लैजादै गर्दा प्रहरीले सुध्द्धोधन गाउँपालिका-४ बरवाका २३ वर्षीय विक्रम लोधलाई असार २७ गते बरवाबाट गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई असार २३ गते प्रलोभन देखाएर यौन पेसामा लगाएको भनी पीडितले इलाका प्रहरी कार्यालय लुम्बिनीमा असार २७ गते उजुरी दिएकी छन् ।
पीडितको स्वास्थ्य परीक्षण असार २७ गते भिम अस्पताल भैरहवामा गरिएको छ । पीडित बालिकालाई सुरक्षित आवास गृहमा राखिएको प्रहरीले जनायो ।