सन्धिखर्क नगरपालिका( १२ सल्लिकोट बाँझखर्कका बाबु ७२ वर्षीय जंगबहादुर नेपालीको हत्या गरेको आरोपमा प्रहरीले झड्केलो छोरा ३७ वर्षीय झुपे भन्ने बुद्धिबहादुर नेपालीलाई ०८२ असार २६ गते गिरफ्तार गरेको छ ।
आरोपितले घरायसी विवादका कारण ०८२ असार २६ गते दिउँसो चिरुवा दाउरो प्रहार गरी बाबुको हत्या गरी मलखाल्डोमा गाडेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक झलक प्रसाद शर्माले बताउनु भयो ।
शवको पोष्टमार्टम असार २७ गते जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको छ ।
पीडित पक्षले असार २७ गते शव बुझि सद्गत गरेका छन् ।