१४ वर्षीया बालिकालाई बलात्कार तथा कर्तव्य ज्यान कसुरमा भारत जिल्ला बहराइच तहसील नानपारा गुल्हरिया घरभई हाल बाँके डुडुवा गाउँपालिका–१ बस्ने ३० वर्षीय महेश चौहानलाई अदालतले २५ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधिश चन्द्रप्रकाश तिवारीको ०८२ असार २३ गतेको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै २५ वर्ष कैद, २ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका सूचना अधिकारी तिर्थराज आचार्यले जानकारी दिनुभयो ।
आरोपितले बालिकालाई ०८० कात्तिक १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
शवको पोष्टमार्टम कात्तिक १५ गते भेरी अस्पताल नेपालगञ्जमा भएको थियो र त्यही दिन सद्गतका लागि पीडितपक्षलाई प्रहरीले बुझाएको थियो ।
आरोपितलाई प्रहरीले कात्तिक १८ गते गिरफ्तार गरेको थियो ।