१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोलबजार नगरपालिका–७ घर भई श्री जनता नमुना माध्यमिक विद्यालय चन्द्रलालपुर, गोलबजारमा कार्यरत शिक्षक ५४ वर्षीय हरिकुमार श्रेष्ठलाई इलाका प्रहरी कार्यालय गोलबजारले ०८२ असार २३ गते गिरफ्तार गरेको छ ।
आरोपित शिक्षकले कक्षा ५ मा अध्ययरत बालिकालाई असार २० गते विद्यालयमै यौन दुव्र्यवहार गरेका भन्दै बालिकाका परिवारले असार २४ गते इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दिएका थिए ।
बालिकाको स्वास्थ्य परीक्षण असार २४ गते प्रादेशिक अस्पताल सिरहामा गरिएको छ ।