INSEC Online

📅 २०८३ जेष्ठ २१

तीनकुने घटनामा फरार रहेका एक जना पुर्पक्षका लागि थुनामा

राजावादी आन्दोलका क्रममा  ०८१ चैत १५ गते तीनकुने घटनामा संलग्न रहेकाे भन्दै  फरार सूचीमा रहेका तीन जना आरोपीहरु ०८२ असार २५ गते आफै काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । उपस्थित तीन जनामध्ये विनञ्यजन थापा र राजेन्द्र जिसीलाई १५/१५ हजार रुपियाँ धरौटीमा  रिहा गिरएको छ भने सतीश न्यौपानेलाई पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला अदालत काठमाडौँले जनाएको छ ।

न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले थुनामा पठाउने आदेश भएसँगै न्यौपानेलाई डिल्लीबजार कारागर लगिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा भएको घटनाका आरोपीविरुद्ध जेठ ११ गते मुद्दा दायर गरेको थियो ।

अवाञ्छित गतिविधि गरेको आरोपमा ६१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँ र चार नाबालिगविरुद्ध बाल अदालतमा मुद्दा दायर भएको थियो । ११ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।

उनीहरुविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र सङ्गठित अपराधको कसुरमा मुद्दा चलाइएको थियो ।

अन्य

भिडियो