कुशे गाउँपालिका–५ दम्दाला स्थित पशुपति माध्यमिक विद्यालयमा बाढी पसेपछि पढाइ प्रभावित भएको छ । अविरल वर्षाका कारण विद्यालयको पर्खाल भत्किएपछि बाढी विद्यालय सहित कक्षाकोठामा पसेपछि पठनपाठन अवरुद्ध भएको छ ।
पाँचकाटिय–दम्दाला, पैक जुम्ला जोड्ने सडक स्तरउन्नती भइरहेको हुनाले निर्माण व्यवसायीले सडकमा नालाको व्यवस्था नगरेका कारण सडकबाट बगेको बाढी विद्यालयको कक्षाकोठामा पसेको थियो ।
शिक्षक गगन वालीका अनुसार विद्यालयका ६ ओटा कक्षाकोठामा लेदो सहितको पानी पसेकोले पठनपाठन प्राभवित भएको छ ।
अविरल वर्षासँगै आएको बाढीले पर्खाल भत्किएपछि विद्यालयको निर्माणधीन भवन जोखिममा परेको छ । कच्चा पर्खाल, भिरालो जमिन, माथिबाट झरेको भलपानी विद्यालयमा आएपछि समस्या भएको छ । निर्माण व्यवसायीले विगत दुईवर्ष देखि विद्यालयको पर्खाल पुननिर्माण गरिदने कबोल गरेपनि पर्खाल निर्माणमा ढिलासुस्ती तथ बेवास्था गरेका कारण विद्यालय जोखिम परेको छ ।