१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सिद्धिचरण नगरपालिका-९ ज्यामिरेका ३८ वर्षीय राजकुमार भुजेललाई दश वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश गिरिराज गौतमको ०८२ असार २१ गतेको इजलासले कसुर गरेको ठहर गदै कैद सजायको फैसला गरेको हो ।
अदालतको सोही आदेशले कसुरदारबाट ५ लाख रुपियाँ जरिबाना र १८ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी प्रमोद रिजालले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०८१ पुस १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०८१ माघ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
आरोपितलाई प्रहरीले ०८१ माघ २६ गते गिरफ्तार गरी जिल्ला अदालतमा ०८१ फागुन १९ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो । जिल्ला अदालतको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८१ माघ २६ गते गरिएको थियो ।