चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शितगंगा नपा–३ का पीडितका ३० वर्षीय काकाविरुद्ध ०८२ असार २० गते पीडित परिवारले इलाका प्रहरी कार्यालय गोरुसिंङ्गेमा उजुरी दिएका छन् ।
आरोपितले बालिकालाई असार १७ गते यौन दुर्व्यवहार गरेको आरोप उजुरीमा लगाइएको छ ।
पीडितको स्वास्थ्य परीक्षण असार २० गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।