INSEC Online

📅 २०८३ जेष्ठ २१

बन्दी गृह निर्माणको ढिलाइले पुरूष बन्दी जोखिममा

पाल्पा कारागारका पुरूष बन्दीहरू जोखिम मोलेर बस्न बाध्य भएका छन् । बिसं. १९८३ मा निर्माण गरिएका कारागारका पुराना भवनहरू अधिकांश जीर्ण र भत्कने अवस्थामा छन् ।

२०७२ साल वैशाखको भुकम्पका कारण भत्किएका दुई ओटा भवनको सामान्य मर्मत गरी बन्दीहरूलाई सोही भवनमा राखिएको छ । अन्य भवनहरू समेत निकै जीर्ण भएकोले दलिनमा टेको लगाएर राखिएको छ ।

‘ग’ श्रेणीको पाल्पा कारागारको क्षमता ३ सय जना रहेको छ । अहिले कैद तोकिएका र नतोकिएका गरी २ सय जना पुरूष र ६७ जना महिला बन्दी रहेका छन् । त्यस्तै तीन जना बालक र चार जना बालिका कारागारमा आश्रति रहेका छन् ।

महिला बन्दीहरूलाई ४ वर्षअघि नयाँ भवनमा सारिएको छ भने पुरूष बन्दी भवन निर्माणमा ढिलाई हुँदा पुरूष बन्दीहरू जोखिम मोलेर बस्न बाध्य भएको कारागारका निमित्त प्रमुख चिरञ्जिवी आचार्यले बताए ।

२०६८ असार १६ गते सम्झौता भई २०७० वैशाख १६ गतेसम्म कार्य सम्पन्न गर्नुपर्ने सहमति भएको बन्दी गृह निर्माणको काम तीन पटक म्याद थपिँदासमेत अहिलेसम्म ८० प्रतिशत मात्रै काम सकिएको भवन डिभिजन कार्यालयका इञ्जिनियर हरिभक्त श्रेष्ठले बताए । उक्त भवन निर्माणको ठेक्का बिरूवा सुन्दरी गोरखा जेभीले लिएको छ ।

अन्य

भिडियो