२० वर्षीया चाँदनी खातुनको हत्या गरेर फरार रहेका इशनाथ नगरपालिका–७ घिउराका पति २४ वर्षीया फैयाद मिया मनसुरीलाई ०८२ असार १६ गते प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपित मनसुरीले ०७८ माघ २६ गते पत्नी चाँदनीलाई हत्या गरी इशनाथ नगरपालिका–४ मठिया टोल स्थित भगाइ साह बनियाको गहँु खेतमा शव फालेर फरार भएका थिए ।
आरोपित मनसुरविरुद्ध माइती पक्षले ०७८ माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी दिपककुमार रायले बताउनु भएको छ । फरार रहेका आरोपित मनसुरको खोजतलास गर्ने क्रममा ०८२ असार १६ गते गौरबाट गिरफ्तार गरी जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी थप अनुसन्धान गरिरहेको डिएसपी दिपक रायले जानकारी गराउनु भएको छ । शवको पोष्टमार्टम ०७८ माघ २७ गते प्रादेशिक अस्पताल गौरमा गरिएको थियो ।