INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीय, १७ वर्षीया र १६ वर्षीया तीन बालिकालाई काम लगाइदिने प्रलोभन देखाएर भारत लैजादै गर्दा प्रहरीले भारत उत्तर प्रदेश गोरखपुर जिल्ला कैम्पियरगञ्ज कुवर वलुवाकी ३८ वर्षीया गीता गौड, सोही ठाउँकै १९ वर्षीया नेहा पाण्डे, २६ वर्षीय प्रमोद धोवी र गैडहवा गाउँपालिका– ६ की १९ वर्षीय निर्मला लोधलाई असार १६ गते कालीहदबाट गिरफ्तार गरेको छ ।

आरोपितहरुले बालिकालाई भारतमा धान रोपाई गरे बापत धेरै पैसा पाइने प्रलोभन देखाएर लुकीछिपी लैजाँदै गर्दा प्रहरी र शुभअवसर ग्राम सुरक्षित आवाश गृहको संयुक्त पहलमा बालिकाहरुको उद्दार गरिएको थियो । आरोपितहरुविरुद्ध पीडितहरुले जिल्ला प्रहरी कार्यालयमा असार १६ गते उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण असार १६ गते भिम अस्पताल भैरहवामा गरिएको छ । पीडित बालिकाहरुलाई अभिभावक बोलाइएको र अहिले बालिकाहरुलाई सुरक्षित आवास गृहमा राखिएको प्रहरीले जनायो ।

अन्य

भिडियो