१० वर्षीया बालिकालाई यौन दुर्र्यवहार गरेको आरोपमा प्रहरीले मिर्चैया नगरपालिका–८ का ५६ वर्षीय विनोद सदालाई ०८२ असार १५ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई असार १५ गते यौन दुर्र्यवहार गरेको भनी बालिकाका बाबुले इलाका प्रहरी कार्यालय मिर्चैयामा असार १५ गते उजुरी दिएका थिए ।
बालिकाको स्वास्थ्य परीक्षण असार १५ गते प्रादेशिक अस्पताल सिरहामा गरिएको छ ।