थाहा नगरपालिका–१, कुन्छालमा ५० वर्षीया तुलुमाया गोपालीको हत्या गरेको आरोपमा प्रहरीले देवर ३५ वर्षीय नरेश गोपालीलाई प्रहरीले ०८२ असार ५ गते गिरफ्तार गरेको छ । पारिवारिक झगडामा रिसिइबीले भाउजुको हत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यलयका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।
डिएसपी अर्यालले पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गरफ्तार गरी घटना बारे थप अनुसन्धान भइरहेको बताउनु भयो । शवको पोष्टमार्टम हेटौँडा अस्पतालमा असार ६ गते भयो ।