INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा २० दिन कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा कुम्मायक गाउँपालिका-३ का २८ वर्षीय वीरेन्द्र खत्रीलाई जिल्ला अदालतले २० दिन कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश कुमार मास्केको असार ४ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसंगै १५ हजार जरिवाना, २० हजार क्षतिपूर्ति र पीडित राहत कोषमा ६ सय भराउने फैसला गरेको जिल्ला अदातलका सूचना अधिकारी गोपाल खनालले बताउनु भयो ।

पीडित बालिकालाई ०८१ मङ्सिर १६ गते वीरेन्द्रले यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले ०८१ पुस ९ गते गिरफ्तार गरी जिल्ला अदालतमा सोही दिन यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो।

जिल्ला अदालतको ०८१ पुस ९ गतेको आदेशमा आरोपित १ लाख रुपियाँ धरौटीमा रिहा भएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८१ मङ्सिर १८ गते गरिएको थियो ।

अन्य

भिडियो