नागराईन नगरपालिका-३ की २५ वर्षीया रेणु देवी मण्डललाई दाइजोको निहुँमा कुटपिट गरेका आरोपित २७ वर्षीय पति सुजित मण्डललाई इलाका प्रहरी कार्यालय, फुलगामाले असार ३ गते गिरफ्तार गरेको छ ।
पीडित महिलाको विवाह आरोपित मण्डलसँग ०८१ फागुन ८ गते भएका थियो । विवाहमा २ लाख रुपियाँ, दुई आना सुन, १२ तोला चाँदी दिएको भए तापनि थप दाइजो स्वरुप एक थान मोटरसाइकल नदिएको भन्दै आरोपित पतिले पीडित महिलाई ०८२ जेठ २६ गते कुटिपट गरी शारीरिक तथा मानसिक यातना दिएको पीडित पक्षको आरोप छ ।
आरोपितविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय, फुलगामामा ०८२ जेठ २७ गते उजुरी दिनुभयो । आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको सइ अवद्धलाल शाह जानकारी दिनुभयो ।
कुटपिटबाट घाइते भएकी पीडित महिलाको स्वास्थ्य उपचार फागुन ८ गते प्रादेशिक अस्पताल जनकपुरधाममा भयो । हाल पीडित महिला माइत बस्दै आएको पीडितले बताउनुा भयो ।