INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात समूहको आक्रमणबाट वाइसिएल कार्यकर्ता घाइते

वाइसिएलका सुर्खेत जिल्ला सचिवालय कमिटीका सदस्य एवम् वाम गठबन्धनका वीरेन्द्रनगर नपा-२ का युवा परिचालन कमिटीका संयोजक २८ वर्षीय गोविन्दप्रंताप मल्ल अज्ञात समूहको आक्रमणबाट घाइते भएका छन् ।

वाम गठबन्धनको विजय जुलुसमा सहभागी भई घर फर्कने क्रममा मङ्सिर २९ गते साँझ चार जनाको अज्ञात समूहको आक्रमणबाट घाइते भएका मल्लको उपचार क्षेत्रीय अस्पताल सुर्खेतमा भइरहेको छ ।

हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको क्रममा मल्लले खेलेको सक्रिय भूमिकाको ‘रिस साँध्न’ सो समूहले उनीमाथि आक्रमण गरेको वाम गठबन्धनका वीरेन्द्रनगर नगरपालिका-२ युवा परिचालन कमिटीका इञ्चार्ज विनोदसिंह विष्टले आरोप लगाए ।

मल्लमाथि आक्रमण गर्ने समूहको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर ध्रुबकुमार थापाले बताए ।

अन्य

भिडियो