INSEC Online

📅 २०८३ जेष्ठ २१

दाइजोको निहुँमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

गोडैता नगरपालिका-४ की २३ वर्षीया बबिता कुमारी महतो नुनीयाले २४ वर्षीय पति राजकिशोर महतोविरुद्ध इलाका प्रहरी कार्यालय गोडैतामा असार २ गते उजुरी दिनुभएको छ ।

आरोपित पतिले थप दाइजोको निहुँमा ०८२ जेठ २२ गते कुटपिट गरी घाइते बनाएको आरोपमा इलाका प्रहरी कार्यालय गोडैतामा उजुरी दिएको पीडितले बताउनुभयो ।

पीडित महिला र आरोपित पतिबीच ०७८ असार ६ गते विवाह भएको थियो । विवाहमा १ लाख रुपियाँ नगद र पाँच तोला चाँदी दिएको भए तापनि थप दाइजो बापत नगद १ लाख रुपियाँ र चार अना सुन नदिएको भन्दै आरोपितले पीडितलाई गालिगलौज र कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिएको पीडितकी आमा मनिखा देवी महतोले बताउनु भयो ।

कुटपिटबाट घाइते भएकी पीडित महिलाको स्वास्थ्य उपचार ०८२ जेठ २३ गतेदेखि २४ गतेसम्म सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको डा. संजिव कुमार सिंहले जानकारी दिनुभयो ।

घटनापश्चात आरोपित पति फरार भएकोले खोजतलास गरिरहेको इलाका प्रहरी कार्यालय गोडैताका असइ राम किशोर साहले जानकारी दिनुभयो ।

अन्य

भिडियो