INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसूरमा कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा टिकापुर नगरँपालिकाका १६ वर्षीय बालकलाई असार २ गते ६ वर्ष ८ महिना कैद सजायको फैसला गरिएको छ ।

जिल्ला अदालत, कैलालीका न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले कसूर ठहर गरी ६ वर्ष ८ महिना कैद सजाय, ३ लाख ३३ हजार ३ सय ३३ रुपियाँ ३३ पैसा जरिवाना भराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका सूचना अधिकार पंकज उपाध्यायले बताउनु भयो ।

पीडित बालिकालाई ०८१ पुस ६ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित परिवाराले माघ १० गते इलाका  प्रहरी कार्यालय, टिकापुरमा उजुरी दिनुभएको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालत, कैलालीमा जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले फागुन ६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०८१ माघ १० गते टिकापुर अस्पताल, टिकापुरमा गरिएको थियो ।

यसैगरी १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा टिकापुर नगरँपालिकाका १७ वर्षीय बालकलाई ०८१ असार २ गते ८ वर्ष कैद सजायको फैसला गरिएको छ ।

जिल्ला अदालत, कैलालीका न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले कसूर ठहर गरी ८ वर्ष कैद सजायको फैसला गरेको जिल्ला अदालत, कैलालीका सूचना अधिकार पंकज उपाध्यायले बताउनु भयो ।

पीडित बालिकालाई ०८१ फागुन २ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित परिवारले चैत ११ गते इलाका प्रहरी कार्यालय, लम्कीमा उजुरी दिनुभएको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालत, कैलालीले ०८२ वैशाख ७ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०८१ चैत ११ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

अन्य

भिडियो