INSEC Online

📅 २०८३ जेष्ठ २१

दाइजोको निहुँमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

कौडेना गाउँपालिका-३ फुलपरासीकी २४ वर्षीया किरण कुमारी साहलाई ०८२ जेठ २३ गते थप दाइजोको निहुँमा कुटपिट गरेका आरोपित २६ वर्षीय पति संजय कुमार साह तथा ५१ वर्षीया सासु पतिया देवी साहविरुद्ध पीडितले असार १ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ ।

पीडित महिला र आरोपित पतिबीच ०७९ जेठ ५ गते विवाह भएको थियो । विवाहमा तीन लाख रुपियाँ नगद र एउटा ईन्डियन नम्बर प्लेट भएको मोटरसाइकल दिएको पीडित महिलाका बुबा मलंगवा नगरपालिका-५ भाड्सर का ४६ वर्षीय राजेन्द्र साहले बताउनु भयो ।

थप दाइजो बापत नगद दुई लाख रुपियाँ र पलङ्ग सेट र दराज नल्याएको भन्दै आरोपितले पीडितलाई गालिगलौज तथा कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिने गरेको पीडित महिलाले बताउनु भयो ।

कुटपिटबाट घाइते भएकी पीडित महिलाको स्वास्थ्य उपचार ०८२ जेठ २३ गतेदेखि २५ गतेसम्म सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको डा. संजिब कुमार सिंहले जानकारी दिनु भयो ।

घटनापश्चात आरोपित पति र सासु फरार भएकोले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका इन्स्पेक्टर बालिस्टर सिंहले जानकारी दिनु भयो ।

अन्य

भिडियो