INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले महालक्ष्मीनगरपालिका-८ निगालेका २९ वर्षीय टेकबहादुर गिरीलाई सात वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पराजुलीको ०८२ जेठ २९ गतेको इजालसले गिरीलाई कसुर ठहर गर्दै सात वर्ष कैद सजायसँगै ३ लाख रुपियाँ जरिबाना, २५ हजार रुपियाँ क्षतिपूर्ति र १५ हजार रुपियाँ पीडित राहतकोषमा जम्मा गर्ने फैसला आदेश भएको गरेको जिल्ला अदालतका श्रेष्तेदार उज्वल न्योपानेले  बताउनु भयो ।

पीडित बालिकालाई ०८१ पुस १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले टेकबहादुर गिरीविरूद्ध पुस १५ गते प्रहरीमा उजुरी दिएको थियो । प्रहरीले गिरीलाई पुस १५ गते गिरफ्तार गरी जिल्ला अदालतमा पुस २६ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतको ०८१ पुस २७ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८१ पुस १५ गते गरिएको थियो ।

अन्य

भिडियो