जिल्लाको ५१ जना क्षमताको कारागारमा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी कर्मचारी नहुँदा कैदीबन्दीलाई उपचारमा समस्या रहेको छ ।
कारागारमा एकजना अहेबको दरबन्दी रहेकोमा हाल पदपूर्ति हुन नसक्दा कैदीबन्दीको नियमित स्वास्थ्य परीक्षण र अस्वस्थ हुँदा उपचारमा समस्या रहेको जिल्ला कारागाार प्रमुख गुणबहादुर जिरेलले बताउनु भयो ।
क्षमता भन्दा कैदीबन्दी राखिनु पर्ने बाध्याता एकातार्पm छ भने नियमित स्वास्थ्य परीक्षण अभाव र सामान्य बिरामी हुँदा समेत बाहिर अस्पतालमा लैजानु पर्ने अवस्था रहेको जिरेलले बताउनु भयो ।
जिल्ला कारागारको क्षमता ५१ जना भए पनि हाल कारागारमा १ सय ११ जना पुरुष कैदी र ३९ जना बन्दी गरी कूल १ सय ५० जना कैदीबन्दी रहेका छन् । महिला कारागार कक्ष नहुँदा महिला कैदिबन्दीलाई अन्यत्र जिल्लामा पठाउने गरिएको छ ।
कारागारमा नियमित औषधी सेबन गर्ने कैदीबन्दी २० जना रहेको र उनिहरुको स्वास्थ्य परीक्षण निरन्तर गर्नुपर्ने भनि सम्बन्धित निकायमा स्वास्थ्यकर्मीको पदपूर्तिका लागि पत्राचार पटकपटक गरिएको भए पनि सुनुवाई नभएको प्रमुख जिरेलले जानकारी दिनु भयो ।