INSEC Online

📅 २०८३ जेष्ठ २१

बम विष्फोटमा परी एक जना घाइते

लहान नपा-१ स्थित लोकतान्त्रिक चोकमा मङ्सिर २८ गते दिउँसो बम विष्फोट हुँदा सप्तरी जिल्ला  खडक नगरपालिक-२ का ४६ वर्षीय परमेश्वर चौधरी घाइते भएका छन् ।

लोकतान्त्रिक चोक नजिक बेवारिस साइकलको सिटमुनि राखेको बम रिमोटबाट विष्फोट गराउँदा साइकल पसलमा समान लिन आएका चौधरीलाई बमको छर्रा लागि घाइते भएका थिए ।

घाइते चौधरीको उपचार लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यलय लहानका इन्स्पेक्टर जुगेश्वर राउतका अनुसार घटनास्थलमा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको पर्चा भेटिएको थियो । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनायो ।

अन्य

भिडियो