INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा चार वर्ष कैद

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा चन्द्रनगर गाउँपालिका-७ का २८ वर्षीय राजिव सहनीलाई सर्लाही जिल्ला अदालतले ०८२ जेठ २६ गते चार वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै चार वर्ष कैद सजाय र ४० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिने गरी मुद्दाको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार ज्ञानेन्द्र दाहालले जानकारी दिनु भयो ।

पीडित बालिकालाई आरोपितले ०८० वैशाख १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध साउन १६ गते इलाका प्रहरी कार्यालय केशरगञ्जमा उजुरी दिएकोमा प्रहरीले साउन १८ गते उजुरी दर्ता गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १९ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको थियो ।

अन्य

भिडियो