नाम्खा गाउँपालिका–६, लिमीको तील गाउँमा गत जेठ १ गते राति आएको बाढीपहिरोले गाउँको आवतजावतका लागि बनाइएको पुल बगाएपछि स्वास्थ्य सेवा सञ्चालनमा समस्या भएको छ। यसले गर्दा औषधी, खोप र स्वास्थ्य सेवा प्राप्त गर्न गाउँवासीलाई अत्यन्तै कठिनाइ भएको छ। 
बाढी पहिरोले पुल बगाएपछि जोखिमपूर्ण अवस्थामै स्वास्थ्यकर्मी र स्थानीयबासीको सहयोगमा औषधी र खोपको सामान जोखिम मोलेर खोला पार गराइएको थियो ।

काठे पुल बगाएको कारण गाउँको सम्पर्क र स्वास्थ्य सेवा प्रभावित भएको थियो। तर, स्थानीय र स्वास्थ्यकर्मीको सहकार्यले हामीले औषधी र खोप सामग्री खोला पार गराउन सफल भएको नाम्खा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ग्याछो लामाले बताउनु भयो । औषधी र खोप सामग्री तील गाउँमा पुगेपछि दुई जना बालबालिकालाई खोप लगाएको र अन्य सबै गाउँबासीको स्वास्थ्य परीक्षण गरिएको लामाले बताउनु भयो।