INSEC Online

📅 २०८३ श्रावण ६

बलात्कार प्रयास गरेको कसुरमा १२ वर्ष ६ महिना कैद

आठ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले कोहलपुर नगरपालिका–२ बर्दहवाका ६२ वर्षीय काशीराम थारुलाई १२ वर्ष ६ महिना कैद सजाय गर्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश दीपक कुमार दहालको ०८३ असार ३१ गतेको इजलासले आरोपितलाई आँशिक कसुर ठहर गर्दै १२ वर्ष ६ महिना कैद, ३ लाख ५० हजार रुपियाँ जरिवाना र क्षतिपूर्ती बापत ५० हजार रुपियाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको जिल्ला अदालतका सुचना अधिकारी तिर्थराज आचार्यले जानकारी दिनुभएको छ ।

आरोपितले पीडितलाई ०८२ असोज १८ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले असोज १८ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई असोज १८ गते घरबाटै गिरफ्तार गरेको थियो ।

पीडितको स्वास्थ्य परिक्षण असोज १८ गते भेरी अस्पताल नेपालगञ्जमा गरिएको थियो ।

ध्रुबराज शर्मा

अन्य

भिडियो