INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

कटहरिया नगरपालिका-१ भासेढवाकी २२ वर्षीया अल्का यादवको हत्या गरेको आरोपमा प्रहरीले ५१ वर्षीय ससुरा रामपुकार प्रसाद यादवलाई गिरफ्तार  गरेको छ ।

अल्का यादवको हत्या ०८२ जेठ  २० गते उनका २१ वर्षीय पति अनकेश यादव, ससुरा रामपुकार प्रसाद यादव र ४६ वर्षीया सासु शान्ति देवी यादवले कुटपिट गरी हत्या गरेको पीडित पक्षको आरोप छ ।

अलका यादव कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । घटना सङ्कास्पद देखिएकाले मृतकका ससुरालाई अनुसन्धानका लागि जेठ २१ गते गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले बताउनुभयो । घटनाका आरोपित पति अनकेस यादव र सासु आमा शान्ति देवी यादव फरार भएकाले खोजी थालिएको डिएसपी  कार्कीको भनाइ छ ।

अलका यादवको माइती पक्षले शङ्कास्पद मृत्यु भएकाले पति, ससुरा र सासुविरुद्ध जेठ २१ गते जिल्ला प्रहरी कार्यालय, गौरमा उजुरी दिएको छ ।

शवको पोष्टमार्टम प्रादेशिक अस्पताल, गौरमा जेठ २१ गते गरिएको छ । पीडित पक्षले सोही दिन शव बुझि सदगद गरेको छ ।

अन्य

भिडियो