INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया इशा योगी शेर्पाको ०७६ वैशाख ८ गते पेट्रोल छर्किएर हत्या गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका-१६ का ५५ वर्षीय एसराज तामालाई जेठ २५ गते गिरफ्तार गरेको छ ।

झापाको अर्जुनधारा नगरपालिका-११ स्थायी घर भइ विराटनगर महानगरपालिका-१६ मा डेरा गरी बस्दै आएकी इशा योगीको हत्या गरेको आरोपमा लामालाई ०८२ जेठ २५ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयकी डिएसपी कोपिला चुडाँलले बताउनु भयो ।

एसराजको छोरा रेम्बो भनिने रुद्रराज लामासँग इशाको प्रेम सम्बन्ध रहेकामा रुद्रराजले इशालाई ०७६ वैशाख ८ गते बोलाएर रुद्रराजका बाबु एसराज लामा र आमासहित तीनै जनाले मिलेर पेट्रोल छर्किएर इशाको हत्या गरेका थिए ।

सो घटनामा प्रहरीले तीनै जनाविरुद्ध जिल्ला अदालतमा ०७६ जेठ १३ गते कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

घटनालगत्तै फरार भएका तीनै जना आरोपितमध्ये प्रहरीले एसराज लामालाई घटना भएको ६ वर्षपछि विराटनगरबाट गिरफ्तार गरेको डिएसपी कोपिला चुडाँलले बताउनु भयो ।

हत्या घटनाका दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो