INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षकहरू विजयी सभामा, विद्यार्थीद्वारा तालाबन्दी

विद्यालय बन्द गरेर शिक्षकहरू वाम गठबन्धनको विजयी सभामा गएको भन्दै भिमसेन गाउँपालिका-१ मसेलको विन्द्रावती माविका विद्यार्थीहरूले मङ्सिर २६ गते विद्यालयमा तालाबन्दी गरेका छन् ।

मङ्सिर २६ गते प्रार्थना समयमा ‘आज विद्यालय बन्द’ भनेर शिक्षकहरूले भनेपछि पठनपाठन हुन नसकेको कक्षा १२ मा अध्ययनरत विद्यार्थी सुरज घर्ती मगरले आरोप लगाए ।

‘हाजिर पनि गरौँ । एक/दुई पिरियड पढाएर विद्यालय बन्द गरौँ न त भनेर सरहरूलाई भन्दा पनि मान्नुभएन ।’-घर्तीले भने-‘अव विद्यालयमा राजनीतिक छिराउँदैनौँ । निरन्तर विद्यालयमा पठनपाठन हुन्छ भनेर सरहरहरूले भनेपछि मात्र ताल्चा खोल्ने हो ।’

पठनपाठन नरोक्न आफूहरूले आग्रह गर्दा पनि सरहरूले जबरजस्ती विद्यालय बन्द गरिएको विद्यार्थीहरूको आरोप छ । मङ्सिर २६ गते भिमसेन गाउँपालिका-१ मसेलस्थित घ्याम्पेशालमा भएको वाम गठवन्धनको विजयी सभा आयोजना गरिएको थियो । विजय सभामा शिक्षकहरू गएपछि त्यसको विरोधमा विद्यालयमा विद्यार्थीले तालाबन्दी गर्नुपरेको बताएका छन् ।

विद्यालयका प्रध्यानाध्यापक उत्तरनारायण श्रेष्ठले भने माओवादीको दबावका कारण विद्यालय बन्द गर्नुपरेको प्रतिक्रिया दिएका छन् ।

शिक्षकहरूले बैठक नै बसेर विद्यालय बन्द गर्ने निर्णय गरेको जनाइएको छ । भोलि मङ्सिर २७ गते सर्वदलीय बैठक बसेर विद्यालमा देखिएको समस्या समाधानका लागि छलफल हुने बताइएको छ ।

अन्य

भिडियो