दुर्गा भगवती गाउँपालिका-४ छत्तौनाकी २३ वर्षीया लालु कुमारी महत्तोको हत्या गरेको आरोपमा निजका पति २६ वर्षीय राजकुमार महत्तो र देवर रुपेश महत्तोलाई जेठ १६ गते प्रहरीले गिरफ्तार गरेको छ ।
जेठ २ गते बिहानदेखि छोरी सम्पर्कमा नआएकोले खोजतलास गरीपाउँ भनि मृतकका बुबा सुगही महत्तोले सोही दिन जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र गरुडामा निवेदन दिएको सइ दिपिका ओझाले जानकारी दिनुभयो ।
उक्त निवेदनको आधारमा खोजताल गर्दै जाँदा जेठ १६ गते प्रहरीले उनको शव सोही गाउँमा झाडीमा फालिएको अवस्थामा फेला पारेको प्रहरीले जनायो ।
शवको पोष्टमार्टम प्रादेशिक अस्पताल गौरमा भएको र डिएनए रिपोर्ट आएपछि मुद्दा प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक कुमार रायले बताउनु भयो ।