जिल्ला प्रहरी कार्यालय, बाजुराको हिरातमा रहेका खप्तड छेडेदह गाउँपालिका–३ धनाल्तका ४२ वर्षीय जंगबहादुर रावतको जिल्ला अस्पताल, बाजुरामा ०८२ जेठ २१ गते उपचारको क्रममा मृत्युभएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाजुराको थुनुवा कक्षमा राखिएका रावतको पेट दुखेपछि उपचारको लागि जिल्ला अस्पताल, बाजुरा लगिएको र उपचारकै क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाजुराका इन्स्पेक्टर जनक बोहोराले बताउनु भयो ।
उहाँले भन्नुभयो– ‘रावतलाई पेटसम्बन्धी समस्य पहिले देखिनै रहेछ । प्रहरी हिरासतमा हुँदा पनि दुई÷तीन दिन पहिला पनि उपचार गरेर ल्याइएको हो । जेठ २१ गते राति फेरी पेट दुख्यो भनेर उपचारका लागि जल्ला अस्पताल,बाजुरामा लिगएको समयमा उपचारकै क्रममा मृत्यु भयो ।’
पत्नी पाउनीदेवी रावतले पति जंगबहादुर रावतविरुद्ध अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपित पतिलाई गिरफ्तार गरी जेठ १९ गते अभद्र व्यवहार अन्तर्गत जिल्ला प्रशासनमा मुद्दा दर्ता समेत गरिएको इन्स्पेक्टर बोहोारको भनाइ छ ।
मृत रावतको पोष्टमार्टम ०८२ जेठ २२ गते जिल्ला अस्पतालमा गरेपछि आफन्तलाई जिम्मा लगाइएको छ ।
खप्तड छेडेदह गाउँपालिका–३ का अध्यक्ष बिर्ख रावतले पतिपत्नी बीच पटकपट घर्यासी बिबादमा झकडा हुनेगरेको, वाडा कार्यालय तथा टाँटे डोगडी प्रहरी चौकीमा समेत पटकपटक मिलापत्र गरी पठाइएको भए पनि रावतले पत्नीसँग झैझकडा गर्न नछोडेपछि जिल्ला प्रहरी कार्यालय, बाजुरामा उजुरी दिएको र प्रहरी हिरासतमा राखिएको समयमा बिरामी भएपछि उपचारका क्रममा रावतको मृत्युभएको बताउनु भयो ।