INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित गिरफ्तार

पत्नीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले बैजनाथ गाउँपालिका-१ का वडा सचिव ३६ वर्षीय प्रकाश गोडियालाई ०८२ जेठ २० गते गिरफ्तार गरेको छ ।  दैलेख जिल्लाको भगवती माविमा लेखा सहायकको रुपमा कार्यरत रावत सासुको बरखीमा सहभागी हुन कोहलपुर नगरपालिका-३ मैटहवा छोरी सहित आएको अवस्थामा पति सहितका परिवारले कुटपिट गरी घाइते बनाएका थिए ।

पीडितको टाउको र ढाडमा गम्भीर चोटपटक लागेकाले कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । आरोपितविरुद्ध पीडितले इलाका प्रहरी कार्यालय कोहलपुरमा जेठ २० गते उजुरी दिएकी छन् । आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी लक्ष्मी खनालले बताउनु भयो ।

अन्य

भिडियो