आठ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेका आरोपित सात जना बालकहरूलाई प्रहरीले ०८२ जेठ १४ गते गाउँबाट गिरफ्तार गरेको छ ।
आरोपितहरूले बालिकालाई जेठ १३ गते राति सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । आरोपित बालकहरूले जेठ १३ गते बालिकालाई सामूहिक बलात्कार गरी अचेत अवस्थामा छाडेर भागेका थिए । केही समय पश्चात होसमा आएकी पीडित बालिका घर फर्किए पछि उनलाई उपचारको लागि कलैयास्थित प्रादेशिक अस्पताल लगिएको थियो । तर, घटना शङ्कास्पद रहेको हुनाले बालिकालाई उनको उपचारको लागि अन्त लग्नहुन सल्लाह दिइएको थियो । सोही अनुसार पीडित बालिकालाई उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा लगिएको थियो । उक्त अस्पतालका चिकित्सकले पीडित बालिकामाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।
घटना बारे प्रहरीले जेठ १४ गते मात्र जानकारी पाएको जिल्ला प्रहरी कार्यालय, पर्साका डिएसपी विजयराज पण्डितले जानकारी दिनु भयो । जानकारी लगत्तै आरोपितहरूलाई गिरफ्तार गरी सोही दिन जिल्ला अदालतबाट म्याद थप गराएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको थप उपचार वीरगञ्जस्थित नारायणी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।