INSEC Online

📅 २०८३ जेष्ठ २१

तिलगाउँ स्थानान्त्रणको माग !

नाम्खा गाउँपालिका–६, तिलगाउँ स्थानान्त्रणका लागि प्रदेश तथा सङ्घीय सरकारलाई माग गरिएको छ । तिलगाउँमा जेठ १ गते एक्कासी आएको बाढी पहिरोको उच्च जोखिम रहेपछि जिल्ला विपत व्यवस्थापन समिति र स्थानीय तहको समन्वयमा सरकारलाई बस्ती स्थानान्त्रणको माग गरिएको हो ।

जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा जेठ १४ गते बसेको बैठकले नाम्खा गाउँपालिकाको तिलगाउँ पहिरोको उच्च जोखिम रहनुका साथै बाढी पहिरोले क्षेति गरेको क्षतिपूर्तिको व्यवस्थापन गर्न सिफारिस गरिएको छ ।

सोही दिन माटो, ढुङ्गा, धुलो, लेदोसहितको बाढी आउँदा दरार उत्पन्न भइ उक्त दरार नजिक रहेका केही घरहरू चर्किएका, गाउँमा रहेका ५० घरहरू मध्ये १८ घरमा बस्ने ३२ जना विस्थापित भएका, १५ किलोबाट क्षमताको निर्माण सम्पन्न भइ सञ्चालनमा आइनसकेको लघु जलविद्युत आयोजनाको पावरहाउस, एउटा पानी घट्ट, तिल र हल्जी गाउँ जोड्ने काठको पुल, खानेपानीको ट्याङ्की लगायतका संरचनामा क्षति पुगेको थियो ।

उक्त घटनाको कारण तथा भविष्यमा उक्त बस्ती बसोबास योग्य भए/नभएको सम्बन्धमा सिफारिस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएको विज्ञ टोलीले निकालेको निष्कर्षले उक्त विपदजन्य घटनाको जानकारी आएपछि जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसेर छलफल गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनु भयो ।

उक्त बैठकले यस वर्षको मनसुन सुरु हुन लागेको र यो मनसुनले यस जिल्लालाई बढी नै प्रभावित गर्नसक्ने पूर्वानुमान भइरहेको सन्दर्भमा मनसुनजन्य विपद्ले बाढी पहिरो आइ पैदल एवम् यातायातका अन्य साधनहरूको आवागमन अवरुद्ध हुनसक्ने, बालिनालीमा क्षति पुग्नसक्ने, निजी आवास तथा सरकारी कार्यालयमा क्षति पुग्नसक्ने जस्ता घटनालाई मध्य नजर गर्दै यसको पूर्व तयारीको व्यवस्था गर्ने बताइएको छ ।

त्यस्तै बाढी पहिरोमा परी अन्य जनधन समेतमा क्षति पुग्नसक्ने सम्भावना रहने हुँदा मनसुनजन्य विपद्बाट प्रभावितहरूको खोज, उद्धार तथा राहत लगायतका कार्यका लागि जिल्लामा रहेका विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशील सबै सरकारी, गैरसरकारी निकायहरूले यस सम्बन्धमा गर्नुपर्ने पूर्वतयारी तथा प्रतिकार्यका लागि आवश्यक जनशक्ति, पूर्वचेतावनी प्रणाली एवम् सञ्चार प्रणालीलाई चुस्तदुरुस्त अवस्थामा राख्ने लगायतका निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयको भनाइ छ । Photo31052025Humla

अन्य

भिडियो