३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मलंगवा नगरपालिका-११ गम्हरीयाका ३७ वर्षीय सोगारथ यादवलाई जिल्ला प्रहरी कार्यालय मलंगवाले ०८२ जेठ १६ गते गिरफ्तार गरेको छ ।
आरोपित यादवले पीडित महिलालाई जेठ २ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले आरोपित यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा जेठ १३ गते उजुरी दिनु भयो ।
आरोपित यादवलाई जेठ १६ गते गिरफ्तार गरी सोही दिन जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गराई घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण सर्लाही जिल्ला अस्पताल मलंगवामा जेठ १४ गते भयो ।