२० वर्षीया महिलालाई सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको आरोपमा शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी, जनहित अनलाइनका पत्रकार २१ वर्षीय चेतन विष्ट, मायादेवी गाउँपालिका-१, कपिलवस्तुका ३० वर्षीय पृथ्वीराज चौधरी, सोही ठाउँका २८ वर्षीय सन्दिप ठाकुर, २४ वर्षीय सर्वजीत साहनी र २१ वर्षीय राहुल कुर्मी विरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दर्ता भएको छ ।
पीडितले आफूमाथि विभिन्न खालको आरोप लगाएर आफ्नो चरित्र हत्या गरेको भन्दै पत्रकार सम्मेलन गरी चरित्र हत्या गरेको भन्दै पीडितका बुबाले आरोपित चौधरी विरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दर्ता गरेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी इन्द्र बहादुर रानाले इन्सेकलाई जानकारी दिनुभयो । यहाँका अनुसार बलात्कृत महिला तथा उहाँको परिवारको गोपनीयता सार्वजनिक गरेको भन्दै अध्यक्ष चौधरीलाई जेठ ५ गते गिरफ्तार गरेको छ भने अरु आरोपितहरू फरार छन् ।