INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

भानु नगरपालिका–२ नारेश्वरटार स्थित होमराज लोहनी शारदा शिक्षा सदन माविमा कक्षा ६ मा अध्ययनरत ११ वर्षीया बालिका शिक्षक निराजन भट्टको कुटपिटबाट घाइते हुनुभएको छ ।

विद्यालयका सहायक प्रधानाध्यापक समेत रहेका भट्टले ०८२ जेठ ९ गते कक्षाकोठामा होहल्ला गरेको भन्दै उनी सहित अन्य पाँच विद्यार्थीलाई कुटपिट गर्नुभएको थियो । कुटपिटबाट उनको देब्रे हात मर्किएको छ ।

शिक्षकले भट्टले सामान्य सामान्य कुटपिट गरेको र चोट नलागेको बताउनुभयो ।

कुटपिट गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै अभिभावकहरुले जेठ ११ गते विद्यालयमा निवेदन दिनुभएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविनराज दाहालले अभिभावकले कुटेर घाइते बनाएको भन्ने निवेदन आएकोले यसबारेमा छलफल गर्न विद्यालय व्यवस्थापन समितिको बैठक बोलाइएको बताउनु भयो ।

अन्य

भिडियो